दैलेख – सुर्खेतदेखि दैलेख तर्फ आउदै गरेकाे मोटरसाइकल गुँरास गाउँपालिका–४ चिसापानी नजिक सडकमा ट्रकमा ठोक्किँदा एक जनाकाे मृत्यू भएकाे छ । दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ देउरालीका ५५ वर्षीय कृष्ण आचार्यकाे मृत्यू जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज राेकायले जानकारी दिनुभयाे ।
सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशातर्फ गुडिरहेको लुम्बिनी प्रदेश ०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि ठोक्किएर मोटरसाइकलमा सवार कृष्णकाे घटनास्थलमै मृत्यू भएकाे हाे । मोटरसाइकल चालक २६ वर्षीय छाेरा श्रवणकुमार आचार्यले सकुशल रहेकाे प्रहरीले जनाएकाे छ ।
मृतक कृष्ण आचार्यलाई माेष्टमार्टमका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याइएकाे बताइएकाे छ । दुर्घटना भएकाे मोटरसाइकल र ट्रकसंगै दुइटै चालकहरुलाई नियन्त्रणामा लिई घटनाकाे अनुसन्धान थालिसकिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राेकायले जानकारी दिनुभयाे ।








प्रतिक्रिया दिनुहोस्