२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

कुशे गाउँपालिकाद्वारा शोक व्यक्त



जाजरकोट – कुशे गाउँपालिका–३ तर्पेनामा असार १९ गते राति घर माथिबाट गुल्टिएर आएको ढुङ्गाले च्यापेर टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यू भएको द्दटनाप्रति कुशे गाउँपालिकाले शोक विज्ञप्ती जारी गरेको छ ।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जारी गर्नुभएको विज्ञप्तीमा निरन्तरको वर्षाले गल्केको जमिनबाट गुल्टिएको ढुंगा टहरामाथि खसेर ती दिदीबहिनीको मृत्यू भएको घटनाबाट पाठ सिकेर सधैं सजग र सचेत हुन स्थानीय बासिन्दा र सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

मुल घर केही तल गाउँबस्तीमा भएपनि नयाँ किने जग्गामा २०८० कात्तिक १७ गतेको भूकम्पले क्षति पुगेपछि त्यसबेला अघिल्लो घर धनीले बनाएको अस्थायी टहरामा सुतेका ती दिदीबहिनीको ढुङ्गाले च्यापेर ज्यान गुमा गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयाे ।

मृतक दिदीबहिनीहरु भगवती मावि भेटुखानामा शर्मिला बुढा कक्षा १० र चमेली बुढा चाहि कक्षा ८ मा पढ्दै थिए । दुई वटा कोठा रहेको त्यही टहराको एउटा कोठामा सुतेका दिदी बहिनी च्यापिएर मृत्यू भएको र अर्को कोठामा सुतेकी आमा चाहिं सकुशल रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार