मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यू भएको छ भने पाँच जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो ।
बिहान करिब ६ बजेर १० मिनेटमा गाडी सडकबाट करिब सात सय मिटर तल खसेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
दुर्घटनापछि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ कात्तिक २६ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्