२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

घाँस काट्दा करेण्ट लागेर घाइते



करेण्ट लागेर घाइते सपना र खगेन्द्र

दैलेख – घाँस काट्दै गर्दा बिजुलीको करेण्ट लागेर एक जना युवती घाइते भएकी छिन् । नौमूले गाउँपालिका–६ सिलाडीकी १७ वर्षीया सपना नेपाली बुधबार साँझ काउलोको रुखमा चढेर काट्दै गरेको हाँगाले बिजुलीको तारमा छोइएर करेण्ट लागेको नौमूले गाउँपालिका–६ की वडासदस्य खगिसरा बिकले जानकारी दिनुभयो ।

करिब ७ मीटर अग्लो काउलोको रुखमा घाँस काट्दै गर्दा हाँगाले बिजुलीको प्रसारण लाइनमा छोएपछि रुख टाँसिएकी र उनलाई उद्धार गर्न गएका दाजु २० वर्षीय खगेन्द्र नेपाली समेतलाई करेट लागेको थाहा पाएर स्थानीयले बिद्युत प्राधिकरणमा खबर गरेर बिजुली आपूर्ति बन्द गरेपछि स्थानीयले उनीहरु दुबै दाजुबहिनीको उद्धार गरेका थिए ।

खगेन्द्रलाई सामान्य झमझमाएको बाहेक अरु खास समस्या देखिएको छैन । करेण्टले सपनाको दाहिने हातको हत्केला, देब्रे हातको पाखुरा, देब्र खुट्टाको साप्रामा बिजुलीको करेण्टले आंशिक जलेको अवस्थामा दैलेख अस्पतालमा उपचार भइरहेको छ । जिल्लामै उपचारको प्रयास भइरहेको दैलेख अस्तालका इञ्चार्ज डा. रत्नबीर सुनारले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुस १७ गते बुधबार