कालिकाेट – मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सम्भावित वर्षाजन्य विपद्को जोखिम तथा असर न्यूनीकरणका लागि कालिकाेटमा पूर्वतयारी बैठक सम्पन्न भएको छ । कालिकाेटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईकाे अध्यक्षतामा बैठक बसेकाे हाे ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको बैठकमा जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्था तथा अन्य सरोकारवालाको सहभागिता थियो । बैठकमा आगामी दिनमा हुनसक्ने वर्षा तथा त्यसबाट निम्तिन सक्ने सम्भावित जोखिमबारे छलफल गरिएको थियो ।
सम्भावित बाढी, पहिरो तथा अन्य विपद्का घटनाबाट हुनसक्ने क्षति कम गर्न आवश्यक पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय कालिकाेटका सूचना अधिकारी सहायक प्रमुख जिल्ला जनक शर्माले जानकारी दिनुभयाे ।
बैठकले सम्बन्धित निकायबीच समन्वय गरी विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएको छ । साथै वर्षासम्बन्धी पूर्वसूचना तथा जोखिमको जानकारी स्थानीयस्तरसम्म पुर्याउने विषयमा समेत ध्यान दिन आग्रह गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्