दैलेख – प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा दैलेखका दुई वटै निर्वाचनका समानुपातिक तर्फको समेत मतगणना सकिएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेका अनुसार दैलेख क्षेत्र नं. १ मा सर्वाधिक बढी रास्वपाले ११ हजार ४ सय ८१ मत प्राप्त गरेको छ ।
दैलेख क्षेत्र नं. १ मा समानुपातिकको दोश्रो स्थान नेकपा एमालेलाई १० हजार ८ सय ५९, तेश्रो स्थान नेपाली काँग्रेसलाई १० हजार ७ सय १८, चौथोमा नेपाली कम्यूनिष्ट पार्टीलाई ३ हजार ४ सय ८९, पाँचौंमा हलोले ९ सय ३, छैटौं स्थान माटोलाई ३ सय ६७ र सातौमा मादललाई ३ सय ६३ मत प्राप्त भएको छ ।
समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार दैलेख क्षेत्र नं. २ मा नेकपा एमालेलाई सर्वाधिक बढी १२ हजार ८ सय ७८, दोश्रो स्थान नेपाली काँग्रेसलाई ९ हजार ३ सय ९, तेश्रोमा रास्वपाले ९ हजार १ सय १०, चौथोमा नेपाली कम्यूनिष्ट पार्टीलाई २ हजार ८ सय ४० प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरी कँडेलले जानकारी दिनुभयो ।
पाचौं स्थान नेपापामा नेपाल मजदूर किसान पार्टीलाई २ हजार ५७ मत प्राप्त भएको बताइएको छ । क्षेत्र नं. २ मा कुल ४० हजार ७ सय ५५ मत खसेकोमा २ हजार ८ सय ९५ मत बदर भएका थिए । त्यसैगरी दैलेख क्षेत्र नं. १ मा समानुपातिक तर्फ कुल ४० हजार ३ सय ६३ मत खसेकोमा १ हजार ५ सय ६५ मत बदर भएका तथ्याँकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्