काठमाण्डौं – नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मुद्दाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरणको व्यवस्था गर्न आयोग गठन गर्ने भएको छ ।
मन्त्रिपरिषद्ले आयोग गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष हालै सिफारिस गरेको छ । आन्दोलनका क्रममा पीडित भएका व्यक्ति तथा परिवारलाई न्याय, क्षतिपूर्ति र उचित परिपूरण उपलब्ध गराउने उद्देश्यले अध्यादेश ल्याउने निर्णय गरिएको एक मन्त्रीले बताउनुभयो ।
अध्यादेशमार्फत आन्दोलनका घटनासँग सम्बन्धित मुद्दाको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने तथा क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिने छ ।
त्यस्तै, गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुङ्ग्याउने कानुनी आधार पनि अध्यादेशले तयार गर्ने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आन्दोलनमा सहभागी भएकै कारण मुद्दा खेपिरहेका जेनजी युवालाई रिहा गर्न माग गर्दै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्