२०८३ मंसिर ६ , आइतबार (2026 Nov 22, Sunday)

श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी



काठमाण्डौं – प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाने भएपछि राष्ट्रपति कार्यालयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको पत्र पठाइएको छ ।

प्रधानमन्त्रीसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्मा चौथो वरीयतामा रहेका श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोमबार भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय तथा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८३ मंसिर ६ गते आइतबार