काठमाण्डौं – उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी हवल्दार डोलनाथ ढकालले आफैँले बोकेको सरकारी पेस्तोलबाट गोली प्रहार गर्दा उपचारको क्रममा मृत्यू भएको छ ।
काठमाण्डौंको टोखा नगरपालिका–१ स्थित आफ्नै घरमा बिहीबार साँझ ढकालले आफैँलाई गोली प्रहार गरेका हुन् । गोली लागेर गम्भीर घाइते भएका उहाँलाई परिवारका सदस्यहरूले तत्काल त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए ।
उपचारका क्रममा उहाँको मृत्यू भएको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता डीआईजी गोविन्द थपलियाले जानकारी दिनुभएको छ ।
पाटन उच्च अदालतका एक न्यायाधीशको सुरक्षामा पीएसओका रूपमा खटिएका ढकालले न्यायाधीशको सुरक्षाका लागि साथमा राखेको पेस्तोलबाट उहाँले आफैँलाई गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्