बाजुरा – गौमुल गाउँपालिका–४ घोगालामा भिरबाट खसेको ढुङ्गा लागेर आठ वर्षीय बालकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका छोरा समिर बुढाको शुक्रबार दिउँसो ढुङ्गा लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका इञ्चार्ज डीएसपी।
प्रहरीका अनुसार दिउँसो करिब ४ बजे घोगालाबाट घर फर्किने क्रममा भिरबाट खसेको ढुङ्गा बालकको टाउकोमा लागेको थियो । उहाँको घटनास्थलमै मृत्यू भएको हो ।
घटनाबारे स्थानीयले शुक्रबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएका थिए । सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडी पठाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्