उदयपुर – चौदण्डीगढी नगरपालिका–१० इक्राहा नजिकै सडकमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यू भएको छ ।
गाईघाटबाट बेल्टारतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ना ७ त ५३२५ नम्बरको ट्र्याक्टरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यू भएका मोटरसाइकल चालकको पहिचान खुल्न सकेको छैन । बेल्टार ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतकको नाम, थर र ठेगाना पत्ता लाग्न बाँकी छ ।
मृतकको शव जिल्ला अस्पताल गाईघाटमा राखिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्