कैलाली – गौरीगंगा नगरपालिका–८ लिम्कामा खेत जोतिरहेको ट्र्याक्टरबाट लडेर ७ वर्षीय बालकको घटनास्थलमै मृत्यू भएको कैलाली प्रहरीले जनाएकाे छ ।
बुबाले खेत जाेत्न बुबाले चलाइरहेकाे से २ त ३६७२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय सुशान्त चौधरीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो बालकका बुवा ३७ वर्षीय खडकबहादुर चौधरी आफ्नै खेतमा ट्र्याक्टरले जोताइ गरिरहनुभएको थियो । सोही क्रममा उहाँले छोरा सुशान्तलाई पनि ट्र्याक्टरमा चढाउनुभएको थियो ।
ट्र्याक्टरमा सवार बालक एक्कासि हुत्तिएर पछाडिको रोटाभेटरमा पर्दा घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।
घटनापछि प्रहरीले बालकका बुवा खडकबहादुरलाई नियन्त्रणमा लिएको छ । ट्र्याक्टरका साहु स्थानीय ४० वर्षीय खुसीराम चौधरी पनि प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्