२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

साहित्यकार डा. पन्थलाई माधव घिमिरे पुरस्कार



पाल्पा – यो वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार साहित्यकार डा. टङ्कप्रसाद पन्थलाई प्रदान गरिएको छ । नवजागृति पुस्तकालय बुटवलले स्थापना गरेको सो पुरस्कार विश्व हिन्दु महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले शनिबार एक कार्यक्रमका वीच प्रदान गर्नुभयो।

साहित्यकार डा. पन्थले माधवप्रसाद घिमिरेको किन्नरकिन्नरी (गीत सङ्ग्रह) मा ध्वनि विधामा विद्यावारिधि गर्नुभएको छ । पन्थका समय स्पर्श, पाल्पाली साइनो ढुकढुकी लगायतका कृति प्रसिद्ध रहेका छन् । डा. पन्थले आफूलाई पुरस्कार दिएकोमा धन्यवाद दिनुभयो ।

नियात्रा विधामा कलम चलाउने साहित्यकार डा. पन्थका किन फर्कन्थ्यो र मान्छे गाउँमा, बाबा मेरो पीआर आयो, मेरी उनी र म, ज्योतिर्गमयभित्रको रंगीन अक्षर, बहादुर योद्धाहरुको गाउँमा पुग्दा लगायतकाका साहित्य रचनाहरुले उहाँलाई परिचय स्थापित गरेको छ । उहाँ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्यापक पदमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार