काठमाण्डौं – तिहारकाे मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइदिएर सुखसमृद्धिको कामना गर्ने परम्परा गर्ने चलन छ तर दिदीबहिनी र दाजुभाई नहुनेहरु ठमाण्डाैंकाे रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा एकअर्कालाई टीका र माला लगाई दिने चलन छ ।
बालगोपालेश्वर मन्दिरमा सर्वसाधारणहरु भाइटीकाका लगाउन जमघट हुन सहजताकाे लागि २०३५ सालकाे भाइटीकाकाे दिनदेखि खुला गरिएकाे थियाे । याे परम्परालाई अम्बिका कपालीले दाजुभाई टीका लगाई दिने गर्नुभएकाे थियाे । पछिल्लाे समय उहाँका सहयाेगीहरुले निरन्तरता दिएका छन् ।
२०७२ सालकाे भूकम्पमा क्षति भएकाे बेला ३ वर्ष राेकिए पनि पुनर्निर्माणपछि पुन: दिदीबहिनी नहुने दाजुभाइले एकअर्कालाई टीका लगाउने गर्दछन् । भाइटीकाको उत्तम साइत सुरु हुनुअघि नै मन्दिर परिसरमा टीका लगाउने, दर्शन गर्ने तथा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।










प्रतिक्रिया दिनुहोस्