दैलेख – हजार दिनका आमा र गर्भवती महिलाको खानपिन र स्वस्थता अभिबृद्धिमा समुदायका पोषण अभियन्ताहरुलाई सामाजिक व्यवहार परिवर्तन सम्वन्धी एक दिने अभिमुखीकरण गरिएको छ ।
केयर नेपाल र आईडीई नेपालको साझेदारी एभरेष्ट क्लवले सञ्चालन गरेको पोषण नेपाल परियोजनाले शुक्रबार अभिमुखीकरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक राजु केसीले जानकारी दिनुभयो ।
पोषण नेपाल परियोजनाको कार्यक्षेत्र गुराँस, डुंगेश्वर, भगवतीमाई, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाका २० जना समुदायिक पोषण अभियन्ताहरुको उक्त कार्यक्रममा सहभागिता थियो ।
परियोजनाले लिएको लक्ष्य, पोषण बारे सामुदायको धारणा, पोषण बारे समाजमा रहेका नकारात्मक बुझाई, सामाजिक व्यवहार परिवर्तन बारे अभियन्ताहरुले खेल्नुपर्ने भूमिका बारे सहजीकरण गरिएको थियो ।
एभरेष्ट क्लव कार्यकारी निर्देशक दिपक शाही, परियोजना संयोजक राजु केसी, केयर नेपालका स्वास्थ्य पाेषण प्रणाली अधिकृत सेतबहादुर भुल समेतले समुदायमा पोषण शिक्षा प्रभावकारिता बारे सहजीकरण गर्नुभएको थियो ।
पोषण नेपाल परियोजनाले दैलेखका ५ पालिकामा एक सय २५ वटा समूहमा तीन हजार भन्दा बढी हजार दिनका आमा र गर्भवती महिलाको पोषण अभिबृद्धिमा, कृषि व्यवसाय अग्रसरतामा सघाएको छ ।










प्रतिक्रिया दिनुहोस्