२०८३ मंसिर ५ , शनिबार (2026 Nov 21, Saturday)

श्रीमती र दुई छोराछोरीको हत्या !



दैलेख – बञ्चरो प्रहारबाट एक जनाले श्रीमती र दुई छोराछोरीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले जानकारी दिनुभयो ।

घरायसी विवादका क्रममा अम्बरले प्रहार गरेकाे बञ्चराेकाे चाेटले ३५ वर्षीया श्रीमती मनिसा, १२ वर्षीय छोरा तपेन्द्र र ३ वर्षीया छोरी करिष्मा ज्यान गएकाे थियाे । बञ्चार प्रहारबाट घाइते ६ वर्षीय छोरा मिलनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको अवस्था चिन्ताजनक रहेकाे चिकित्सकहरुले बताएका छन् ।

घाइते चारै जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएकोमा तपेन्द्र र करिष्मालाई दुल्लू अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए भने प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लगिएकी मनिसाको पनि उपचारकै क्रममा मृत्यु भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको डीएसपी बिकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ मंसिर ५ गते शनिबार