दैलेख – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ बाट खुलातर्फ १० पुरुष र ४ महिला महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
खुला पुरुषतर्फ कृष्णकुमार बि.सी.ले ६९७ मत पाएर सबैभन्दा बढी मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबाबु ऐडीले जानकारी दिनुभयो ।
मणिराम रेमीले ६०८, पूर्ण चालीसेले ५९८, गणेश उपाध्यायले ५६४, झलक भण्डारीले ५४२, नगेन्द्र मल्लले ५१४, खेमराज ओलीले ५०७, भूपेन्द्र शाहीले ४६७, शैलेश श्रेष्ठले ४५१ र पदम मल्लले ३९२ मत पाएर विजयी हुनुभयो ।
खुला पुरुषतर्फ टेकबहादुर कटुवालले ३८६, प्रकाश थापाले ३७८, हेमशंकर अधिकारीले ३६८, गणेश श्रेष्ठले ३३२, डा. खगेन्द्र शाहीले ३१९, प्रेम रामजालीले ३०१, टोपबहादुर बुढाले २६५, याम मल्लले १९४ र हेमराज केसीले १६६ मत सहित पराजित हुनुभयो ।
खुला महिलातर्फ बासना थापाले ८९३ मत पाएर विजयी हुनुभयो । निर्मला थापाले ६४७, मिना थापाले ५०१ र दिपा बि.सी.ले ४८७ मत पाएर विजयी हुनुभयो । मिना खड्काले ४५१ र पुण्यप्रभा दर्शादीले ३४७ मत सहित हार खेप्नुपरेको छ ।








प्रतिक्रिया दिनुहोस्