२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

पुर्चाैडी नगरपालिकाद्वारा आज शोक बिदा



बैतडी – बैतडीको पुर्चाैडी नगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । हिजो साँझ पुर्चाैडी नगरपालिका–७ को बडगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटनामा १३ जनाको मृत्यू भएको घटनाको दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिएको हो ।

नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरी नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने सूचित गरेको छ । सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा हुँदा १३ जनाको मृत्यु भएको र ३४ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार