दैलेख – निर्वाचन आचार सहिंता उलंघन भएको भनी सिकायत गर्ने व्यक्तिले घटना देखाउन सहयोग गर्न दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले आग्रह गर्नुभएको छ । आसन्न निर्वाचनमा आचार सहिंता पालना विषयमा दैलेख सदरमुकाममा भएको राजनीतिक दलहरुसंगको छलफल कार्यक्रम उहाँले यो आग्रह गर्नुभएको हो ।
तथ्य परक उजुरीमा कारवाही प्रक्रिया सहज हुने र आचार सहिंता पालना गराउन पनि सहयोग पुग्ने भएकोले उजुरीकर्ताले सुरक्षाकर्मीसंग गएर घटनास्थल देखाउन सक्ने गरी तथ्यमा सिकायत गर्न सहयोग माग्नुभयो । उहाँले सामुहिक छलफलमै भन्नुभयो ‘उजुरीकर्ता सुरक्षा र गोपनीयता कायम राखिनेछ, यसले छिटो छरितो कारवाहीमा सहयोग पुग्नेछ ।’
क्षेत्र नं. २ का निर्वाचन अधिकृत लोकहरी कँडेलले निर्वाचन स्वच्छ र निष्पक्ष गराउन दलहरु, राज्यका निकाय, नागरिक समाज, आमसञ्चार माध्यम लगायत सबैको सहयोग जरुरी रहेको बताउनुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले निर्वाचनलाई शान्त र मर्यादित बनाउन सुरक्षा प्रवन्ध प्रभावकारी बनाइएको प्रष्ट्याउनुभयो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, निर्वाचन कार्यमा समन्वय गर्ने सरकारी कार्यालयका प्रमुखहरु र पत्रकारहरु समेतको सहभागिता थियो । छलफलबाट सबैको सहमतिमा माघ ६ गते उम्मेदवारी दर्ता दहरुलाई सहजताको लागि विहान साढे १० बजेदेखि साँझ साढे ४ बजेसम्मको समय विभाजन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्