२०८३ असोज १४ , बुधबार (2026 Oct 1, Thursday)

कांग्रेस दैलेख–१ मा समावेशीतर्फ १४ प्रतिनिधि निर्वाचित



दैलेख – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ बाट समावेशीतर्फ १४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । कुल ३३ जना प्रतिस्पर्धी मध्येबाट क्षेत्रगत बढी मत प्राप्त गर्नेहरू निर्वाचित हुनुभएकाे निर्वाचन अधिकृत प्रकाशबाबु ऐडीले जानकारी दिनुभयो ।

३५ वर्ष मुनिका युवा खुलातर्फ मनोजकुमार थापाले ६३५ र शुशिल देउजाले ३८३ मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्नुभयाे । चेतन न्यौपानेले ३०३ र भीमबहादुर थापाले २५४ मत मात्र पाएर पराजित हुनुभयाे ।

समावेशी खसआर्य खुलातर्फ नरसिंह मल्लले ४८२, प्रकाश न्यौपानेले ४१८ र सुवासकुमार थापाले ४१२ मत पाएर निर्वाचित हुनुभयो । कृष्णप्रसाद कोइरालाले ३०४, प्रकाशकुमार शाहीले २१७, हस्तराज अधिकारीले २३१, प्रेमबहादुर चन्दले १८८, भक्तबहादुर भण्डारीले १५८ र वीरबहादुर शाहीले १३७ मत पाउनुभयो ।

समावेशी खसआर्य महिलातर्फ कमला चन्दले ६८६, सीता न्यौलीले ५८२ र मञ्जु कुमारी शर्मा पाण्डेले ५६५ मत पाएर निर्वाचित हुनुभयो । मोहनमाया पाण्डेले ५३८ मत पाउनुभयो ।

पेशागत विज्ञतर्फ पूर्णप्रसाद कोइरालाले ३६३ मत पाएर निर्वाचित हुनुभयो । खेमराज केसीले ३१४ र रामबहादुर शाहीले २२३ मत पाउनुभयो । अपाङ्गतातर्फ रणबहादुर कार्कीले ४०४ मत पाएर निर्वाचित हुनुभयो । गणेशबहादुर बोगटीले ३१८ र कनकबहादुर सेन ठकुरीले २२२ मत पाउनुभयो ।

प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभाविततर्फ बखतबहादुर कटुवालले ५६५ मत पाएर निर्वाचित हुनुभयो । महेन्द्रकुमार रानाले ३७७ मत पाउनुभयो । समावेशी दलित महिलातर्फ पशुपति सुनारले ५२० मत पाएर निर्वाचित हुनुभयो भने सम्झना गाहतराजले ३५० मत पाउनुभयो ।

समावेशी आदिवासी जनजाति महिलातर्फ दुर्गाकुमारी श्रेष्ठले ४९२ मत पाएर निर्वाचित हुनुभयो । करिस्मा कुमारी सिजाली मगरले ३५२ र सरस्वती श्रेष्ठले १८८ मत पाउनुभयो । आदिवासी जनजाति खुलातर्फ विनोदकुमार श्रेष्ठले ४२८ मत पाएर निर्वाचित हुनुभयो । हरिबहादुर रानाले ३११ र देवेन्द्रकुमार पुनले १९० मत पाउनुभयो ।

महाधिवेशन प्रतिनिधिका लागि भएकाे खुलातर्फ ४ महिला र १० जना पुरूषकाे मतगणना अन्तिम चरणमा पुगेकाे छ । त्यसमा पार्टीका जिल्ला सभापति मणिराम रेग्मी, प्रतिनिधिसभा सदस्य बासना थापा, प्रदेश साँसदहरू कृष्णबहादुर बीसी, पूर्णबहादुर खत्री जितकाे सुनिश्चिततासंगै अग्रता लिनुभएकाे छ ।

दैलेख क्षेत्र नं. १ काे महाधिवेशन प्रतिनिधि निर्वाचनकाे दाैरानमा उम्मेदवारी दर्ता गराउने क्रममै अल्पसंख्यकतर्फ हिरा बादी, युवा महिलातर्फ अस्मिता रोका मगर र दलित पुरूष तर्फ अभिषेक सोनी, दिपक साेनी र श्रमिकतर्फ भरतबहादुर डाँगी समेत ५ जना निर्विरोध निर्वाचित भइसक्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार