२०८३ भदौ ३० , मंगलबार (2026 Sep 15, Tuesday)

आइतबारको बिदा कटाैतीकाे माग



सांसद ताहिर अली भाटले

काठमाण्डौं – मंगलबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबारको सार्वजनिक कटाैती गरी शनिबार मात्रै बिदा दिने व्यवस्था कायम गर्न सरकारसँग माग गर्नुभएको छ ।

बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताउनुभयो । विशेषगरी विद्यालयमा अध्ययन–अध्यापन प्रभावित भएको उहाँको भनाइ छ ।

मध्यपूर्व र पश्चिम एसियामा भएको युद्धका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि इन्धनको खपत कम गर्न नेपाल सरकारले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिइएकाेमा  इन्धन आपूर्ति सहज भइसकेपछि पनि बिदा निरन्तरता दिएकाे छ ।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार