काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले अस्पतालको आइसियुमा बिरामीको अन्तर्वार्ता लिइएको विषयमा प्रतिनिधि सभाको बैठकमा प्रश्न उठाउनुभएको छ । उहाँले क्रिटिकल केयर युनिटमा अन्तर्वार्ता लिनु र त्यसका लागि अनुमति दिनु नैतिक अभ्यास हो कि होइन भन्ने प्रश्न गर्नुभएको हो ।
सञ्चारकर्मी सुरजसिंह ठकुरीले ‘इन्साइड द बंकर’ युट्युब च्यानलका लागि सुरुङबाट १० दिनपछि जीवित उद्धार गरिएका दुई जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आइसियुमा पुगेर अन्तर्वार्ता लिनुभएको थियो । सांसद बाँस्कोटाले आइसियुमा अन्तर्वार्ताले बिरामीको जीवन जोखिममा पारेको बताउनुभयो ।
उहाँले मानव जीवनलाई टीआरपीमा तौल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले यस विषयमा सम्बन्धित निकाय र चिकित्सकको गम्भीरता आवश्यक रहेको बताउनुभयो । प्रेस काउन्सिल नेपालले पनि घटनाबारे आपत्ति जनाउँदै अस्पताल, मेडिकल काउन्सिल र सञ्चारकर्मी ठकुरीलाई पत्राचार गरेको छ ।









प्रतिक्रिया दिनुहोस्