२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

नेकपाको संगठन विस्तार अभियान चल्दै



दैलेख – नेपाल कम्युनिष्ट पार्टीको संगठनात्मक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आइतबार नारायण नगरस्तरीय कार्ययोजना बैठक सम्पन्न भएको छ । संगठन विस्तार अभियान चलाउन नारायण नगरपालिका–७ रामपुरस्थित पार्टी कार्यालयमा तयारी बैठक बसेको हो ।

नगर कमिटीका संयोजक हर्कबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका जिल्ला संयोजक मायाराम अधिकारीसहित जिल्ला तथा नगरस्तरका नेताहरूको सहभागिता रहेको थियो । बैठकमा संगठन विस्तार, पार्टी सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको जनाइएको छ ।

बैठकले पूर्व नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका संगठनात्मक संरचनालाई एकीकृत गर्दै पार्टीलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । साथै सदस्यता अभिलेखीकरण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने सहमति समेत भएको छ ।

नारायण नगर क्षेत्रका ११ वटै वडामा संगठनात्मक गतिविधिलाई सक्रिय बनाउने उद्देश्यले जिम्मेवारी बाँडफाँट समेत गरिएको नगर कमिटीका संयोजक नेपालीले जानकारी दिनुभयो । निर्णय कार्यान्वयनसँगै नगरस्तरमा पार्टी गतिविधिलाई थप प्रभावकारी हुने उहाँकाे विश्वास छ ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार