२०८३ भदौ १० , बुधबार (2026 Aug 26, Wednesday)

तीन जिल्ला संकटग्रस्त घाेषणा



काठमाण्डौं – सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक उद्धार तथा राहतका काम अघि बढाउने निर्णय गरेको हो ।

बैठकले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुका साथै बिचल्लीमा परेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो ।

उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ । अवरुद्ध सडक तथा खानेपानी सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको छ भने विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको छ ।

बाढीमा ज्यान गुमाउनेका परिवारलाई कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार