दैलेख – नेपाल पत्रकार महासंघ दैलेख शाखाका सदस्य कमल जैसी सडक दुर्घटनामा घाइते हुनुभएको छ । दैलेखबाट सुर्खेत जाँदै गर्नुभएका जैसीले चलाएको भ १२ प १८०६ नम्बरको स्कूटी र नेपालगञ्जबाट दैलेखको मेहेलतोली जाँदै गरेको भे १ ज १८४५ नम्बरको इभी बुधबार दिउँसाे ठोक्किँदा उहाँ घाइते हुनुभएको हो ।
सुर्खेतको लादे नजिकै मोडमा इभीसंग ठोक्किँदा स्कूटी करिब १५ मीटर टाढा बजारिएर पूर्ण क्षतिग्रस्त भएको र जैसी चाहिँ इभी गाडीको अघिल्लो भागमा ठोक्किएर दुइटै घुँडा र देब्र हातमा कडा चोट लागेकोमा तत्कालै अस्पतालमा उपचारपछि सुर्खेतस्थित आफ्नो घरमा बिश्राम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्