२०८३ असोज ३ , शनिबार (2026 Sep 19, Saturday)

आज संविधान दिवस



काठमाण्डौं – नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको सम्झनामा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ साल असोज ३ गते संविधान जारी भएको घोषणा गर्नुभएको थियो। संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ। यो संविधान नेपालको पहिलो संविधानसभाबाट जारी भएको हो।

२००७ सालदेखि शुरू भएका लोकतान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन तथा उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका आन्दोलनको उपलब्धिका रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी प्रणालीसहित संविधान जारी भएको हो।

संविधान कार्यान्वयनका लागि आवश्यक केही कानुन अझै बन्न बाँकी छन् भने बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ। संविधान संशोधनको बहस पनि चलिरहेको छ भने पछिल्ला राजनीतिक घटनाक्रमले यसलाई थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार