काठमाण्डौं – बादी समुदायबाट पहिलो पटक संघीय संसद प्रतिनिधिसभाको सदस्य बन्नुभएकी सीता बादी प्रधानमन्त्री बालेन शाहको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएको छ । सामाजिक विभेदको कारण पिल्सेको बादी समुदायबाट बिहीबार मात्र साँसद पदको सपथ लिएकै भोलिपल्ट शुक्रबार संघीय मन्त्रिपरिषदमा मन्त्री बनाएकोमा रास्वपाको प्रशंसा भएको छ ।
२०५२ भदौ २३ गते बीरेन्द्रनगर नपा–१० सुर्खेतमा जन्मनुभएकी सीता बादी समुदायबाट स्नातकोत्तर उत्तीर्ण गरेको पहिलो व्यक्ति हुनुहुन्छ । तीन वर्ष अघि २०८० वैशाख २८ गते काठमाण्डौंका सुरेश पुर्कोटीसंग विवाह भएको र अहिले उहाँको डेढ वर्षको छोरा सुहानलाई मातृवात्सल्य दिइरहेको बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पद सम्हाल्ने अवसर पाउनुभएको छ ।
झण्डै दुईतिहाईकाे जनमतका साथ सत्ता सम्हालेकाे रास्वपाले मन्त्री परिषदमा दलितकाे प्रतिनिधि गराउँदा दलितिभत्र पनि उपेक्षामा परेकाे बादी समुदायकाे प्रतिनिधित्व गराउनुले वादी समुदायका युवाहरू शिक्षा, सामाजिक अभियान र राजनीतिक सहभागितामा सक्रिय बढाउने अपेक्षासंगै उहाँकाे मन्त्री नियुक्ति महत्वपूर्ण उपलब्धिका रुपमा राजनीतिक बिश्लेषकहरुकाे भनाई छ ।









प्रतिक्रिया दिनुहोस्