काठमाण्डौं — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको संख्या २ हजार ६६२ जना अर्थात ५६.१२ प्रतिशत पुगेको छ । गएको असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए ।
दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोख्रेलले सोमबार सुरु हुने महाधिवेशन प्रतिनिधिहरुको संख्या बढ्न सक्ने दावी गर्नुभयो । सोमबार बिहान ८ बजेदेखि नै महाधिवेशन प्रतिनिधि दर्ता प्रक्रिया पुनः सुरु हुने छ ।
मधेश प्रदेशबाट सबैभन्दा बढी ४ सय ४६, बागमतीबाट ४ सय ३२, कोशीबाट ४२५, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६, उपत्यकाबाट १७८, सुदूरपश्चिमबाट १५८, कर्णालीबाट १३४, भ्रातृ संगठन र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसको जम्मा महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ रहेको छ । २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट निर्वाचित भएका महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा तेश्रो कार्यकाल निर्वाचित हुनुभएको थियो । संस्थापन पक्ष विशेष महाधिवेशनको विपक्षमा छ ।









प्रतिक्रिया दिनुहोस्