२०८३ साउन २० , बुधबार (2026 Aug 6, Thursday)

ट्रक दुर्घटनामा एकको मृत्यु



दुर्घटनाग्रस्त ट्रक

हेटौँडा – त्रिभुवन राजपथमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारमा भएकाे उक्त दुर्घटनामा  चालक घाइते भएका  प्रहरीले जानकारी दिएकाे छ । पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक गए राति करिब २ः३० बजे सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रकमा सवार राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको हाे । टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका अवस्थामा हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा चालक राक्सिराङ–९ कै २३ वर्षीय रञ्जित कार्कीको दायाँ खुट्टा भाँचिनुसंगै शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सनम मल्लले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार