२०८३ असार २९ , सोमबार (2026 Jul 13, Monday)

पहिरामा पुरिएर दुई जनाकाे मृत्यु



कालिकोट – कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ पोरिबनस्थित माथिल्लो काभ्रे खोलाको पहिराेले पानीघट्ट पुरिएर २ जनाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा घट्टवाला मन्दिर साउद र गहु पिस्न गएका लालबहादुर साउद पहिराेले च्यापिएर घटनास्थलमै मृत्यू भएको सान्नी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नहकुल सञ्याालले जानकारी दिनुभयो ।

घट्ट माथिबाट एक्कासी खसेको पहिरोमा परी घटनास्थलमै दुवै जनाको मृत्यु भएको वडाध्यक्ष सञ्याालले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार