डोल्पा – डोल्पामा सडक निर्माणका क्रममा स्क्याभेटर दुर्घटनामा चालकको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका–२ लोचा गाउँ नजिक बिहीबार बिहान सडकबाट करिब ६० मिटर तल खसेर ठूलीभेरी नगरपालिका–६ काँडातालीका ३१ वर्षीय मन्दिर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुनैदेखि लोचागाउँतर्फ नयाँ सडकको ट्रयाक खोल्ने क्रममा ना बा प्र ०१–००१ ग ४२१० नम्बरको स्क्याभेटर दुर्घटनामा परेको थियो । गम्भीर घाइते रोकायालाई अस्पतालमा उपचार चलिरहेकै बेला दिउँसो उहाँको ज्यान गएको डोल्पाका प्रहरी इञ्चार्ज डीएसपी अनिलराज गिरीले जानकारी दिनुभयो ।
जिल्लामा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा लैजाने तयारी गरिएको बेला ठूलीभेरी नगरपालिकाका नगरप्रमुख श्वर्णकुमार बुढाले चालकको ज्यान गएको बताउनुभयो । फिष्टेल एयरको हेलिकप्टर काठमाण्डौंबाट पोखराको आकाश पुगेको बेला चालकको ज्यान गएको छ ।









प्रतिक्रिया दिनुहोस्