२०८३ साउन २१ , बिहीबार (2026 Aug 7, Friday)

दैलेखमा पहिलो पटक स्नुकर प्रतियोगिता



दैलेख – दैलेखमा पहिलोपटक जिल्लास्तरीय स्नुकर प्रतियोगिता आयोजना गरिएकाे छ । काँडाचौर युवा क्लब दैलेखले बिहीबार दैलेख सदरमुकाममा आयाेजना गरेकाे प्रतियोगिताको नारायण नगरपालिका–१ का वडाध्यक्ष संजय श्रेष्ठले पुलहाउस सेटमा स्टीककाे सहायताले सेताे स्टाइगर बल गुडाएर उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा दैलेखका विभिन्न स्थानीय तहका १२ जना खेलाडी सहभागी रहेको कार्यक्रम संयोजक हरि थापाले बताउनुभयो । उहाँका अनुसार सुरुमा नकआउट प्रणालीबाट ६ जना छनोट गरिने, त्यसपछि उत्कृष्ट ३ खेलाडीबीच राउन्ड रोबिन प्रणालीमा खेलिने १३ वटा खेल प्रतिस्पर्धाबाट विजेता निर्धारण गरिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने काँडाचौर युवा क्लबका अध्यक्ष भुवन केसीले बताउनुभयो । युवालाई रचनात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँकाे भनाइ छ।

प्रतियोगितामा निगम रावल, रिदम खड्का, रबि श्रेष्ठ, खेमराज केसी, बिशाल खड्का, गौरव भण्डारी, बिवेक केसी, नेत्र विष्ट, अभिनन्दन थापा, भूपेन्द्र केसी, पुष्कर बयक र दिपेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्छ । प्रतिस्पर्धीहरुले खेल्ने समय र व्यवस्थापकीय तयारी समेत तीन दिन लाग्ने बताइएकाे छ ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार