२०८३ कात्तिक १७ , सोमबार (2026 Nov 2, Monday)

आजदेखि कार्यालय समय अपरान्ह ४ बजेसम्म



काठमाण्डाैं – जाडोयाम सुरु भएसँगै आज कात्तिक १६ गते अपरान्ह ४ बजे नै सरकारी कार्यालय बन्द हुनेछ । नेपाल सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म हिउँदे याममा विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र कार्यालय खाेल्ने गर्दछ ।

माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म चाहिँ विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म सरकारी कार्यालय खुल्दछन् । शैक्षिक संस्थाको हकमा सरकारको निर्णय अनुसार बाह्रै महिना विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अध्यापन चल्ने गर्दछ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार