२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

सामाजिक हेरचाह सम्बन्धी तालिम



दैलेख – टेवा नेपाल, यूएन वुमन, यूरोपियन यूनियन र फिनल्याण्डको साझेदारीमा महिला सशक्तिकरण मञ्चले सञ्चालन गरेको २ दिने सामाजिक मूल्यमान्यता र हेरचाह तालिम बुधबार दैलेखमा सम्पन्न भयो । सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलन सुदृढीकरण परियोजना अन्तरगत उक्त तालिम भएको हो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक पहिचानका लागि विविधता, गाउँघर तथा सामाजिकमा भइरहेको अपहेलना र तिरस्कारको अवस्था, उनीको आत्मसम्मान विषयसंगै पृत्ति सतात्मक सोचले महिला माथि भइरहेको शोषण–दमन बारे सामाजिक कुचलन विरुद्ध सामुदायिक अग्रसरता विषयमा तालिम दिइएको थियो ।

नारायण नगरपालिका क्षेत्रका २५ जना अगुवा महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलन सुदृढीकरण परियोजनाका सहजकर्ता मीरा स्वर्णकारले गर्नुभएको थियो । तालिमको अन्तिम दिनमा महिला सुरक्षा जालोको सक्रियता सवालमा कार्ययोजना समेत बनाइएको छ ।

तालिम समापन कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, महिला सशक्तिकरण मञ्चका अध्यक्ष सविना बिक, पूर्व अध्यक्ष सुनिता चन्द, संस्थाका कार्यकारी निर्देशक लक्ष्मीकुमारी जीसी समेतले महिला सक्रियाता र तालिमको महत्व बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार