काठमाण्डाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची दर्ता गर्न निर्वाचन आयोगले आज पुस १३ र १४ गते दुई दिनभित्र गरी सक्न ताकेता गरेको छ । शनिवार एक विज्ञप्ती प्रकाशित गरी समय थप नगर्ने संकेत दिएको छ ।
२०७८ को जनगणना अनुसार आदिवासी/जनजाति २८.७, क्षेत्री (खस–आर्य) ३१.२, मधेसी १५.३, दलित, १३.८, मुस्लिम ४.४ र पिछडिएको क्षेत्र ४ प्रतिशत उम्मेदवार हुनुपर्ने सम्पूर्ण संख्यामा ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुष सन्तुलित बनाइनुपर्ने उल्लेख छ ।
मतदाता नामावलीमा नाम रहेको नेपाली नागरिक, उमेरले २१ वर्ष पूरा भएको, कुनै फौजदारी मुद्दा सजाय नपाएको, कुनै बैंक वा वित्तीय कारोकारमा कालोसूचीमा नपरेको, सरकारी अशुली गर्नुपर्नेमा नरहेको र संविधान अनुसार अयोग्य नरहेको भनी व्यक्ति स्वयमले स्वघोषणा गरेको कागज सहित व्यक्तिगत विवरण दलमा बुझाएको हुनुपर्नेछ ।
समानुपातिक उम्मेदवारहरुको नेपाली नागरिकता, मतदाता नामावाली, स्वघोषणापत्र सहित आवेदन फाराम समेत हरेक उम्मेदवारको २–२ प्रति फोटो सहित दलको कार्यसमितिको निर्णय प्रतिलिपी र निर्वाचन आयोगमा पेश गर्ने कागजपत्रमा प्रमाणित गर्न एक जना प्रतिनिधि तोकिएको हुनुपर्ने निर्वाचन आयोगको समानुपातिक निर्देशिकामा उल्लेख छ ।
समानुपातिक उम्मेदवारहरुको उम्मेदवारी पेश गर्ने दलहरुले निर्वाचन आयोगमा एकमुष्ट ५० हजार रुपैंयाँ धरौटी बुझाउनपर्ने छ । कुनै दलले एक जना पनि समानुपातिक उम्मेदवार जिताउन नसकेमा त्यो धरौटी रकक जफत हुने व्यवस्था छ ।
निर्देशिका पढ्न पीडीएफ फाइल क्लिक गर्नुहाेस् ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९.५.31









प्रतिक्रिया दिनुहोस्