दैलेख – दुल्लू नगरपालिका-१२ गौरीस्थित सूर्योदय माविको बालविकास केन्द्रमा सिकाई अभ्यास गरिरहेकी एक बालिका शौचालय गएको बेला पानीकाे ड्रममा खसेपछि विद्यालय जानै डराएकी छिन् । ४ वर्षकी जीया लम्साल शौचालय गएको बेला पानी ड्रममा खसे लगतै छिमेकी समेतले उद्धार गरेका थिए । घटनापछि बालिकाले विद्यालय जान इन्कार गरेको बताइएको छ ।
विद्यालयले शौचालयमा प्रयोग गर्ने पानी सञ्चय गरिराखेको ५ सय लीटरको प्लाष्टिकको ड्रम ढक्कन नलगाएको कारण नजिकै खेल्दै गर्दा ड्रममा खसेकी बालिकाको बुबा लक्ष्मी लम्सालले दुखेसो पोख्नुभयो । यस बारे प्रतिक्रिया माग्दा विद्यालयका प्रधानाध्यापक राजेन्द्र लम्सालले घटनापछि ड्रमको ढक्कन हालिएको र बालबालिकाको सुरक्षामा सतर्कता बढाइएको बताउनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्