बैतडी – बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा भित्रबाट ढोका लगाएर मृत फेला परेका बैतडी प्रहरीले जनाएको छ ।
दार्चुलाको लेकम गाउँपालिका–४ का प्रहरी जवान भुपेन्द्रराम पार्की मंगलबार राति अदाझलत हाताकै ब्यारेकमा झुन्डिएको अवस्थामा मृत फेला परेका बताइएको छ ।
ड्युटी सकेर अदालत परिसरमा रहेको ब्यारेक पुगेका पार्की आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका इञ्चार्ज डीएसपी दिपककुमार रायले बताउनुभयो ।
प्रकाशित मिति : २०८३ मंसिर ९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्