नुवाकोट – भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि यूएन वीमनको सहकार्यमा दलित महिला संघ (फेडाे)ले प्रतिकार्यका कार्यक्रम अघि बढाइएको छ । प्रभावित क्षेत्रमा पुगेर परिवारको अवस्था, आवश्यकता तथा प्राथमिकताबारे जानकारी लिने काम भइरहेको छ ।
प्रतिकार्यका क्रममा विदुर नगरपालिका–५ लगायत विभिन्न प्रभावित क्षेत्रमा पुगेर प्रभावित परिवार, स्थानीय प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरिएको हो । तत्काल आवश्यक सहयोग तथा समुदायको प्राथमिकताबारे जानकारी संकलन गरिएको जनाइएको छ ।
प्रभावित परिवारका लागि सामुदायिक भान्साघर सञ्चालन गर्ने उद्देश्यले स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय गरिएको छ । विदुर नगरपालिका–५ का वडाध्यक्ष लिलानाथ न्यौपानेसहित स्थानीय प्रतिनिधिसँग सामुदायिक भान्साघर सञ्चालन र प्रभावितका आवश्यकताबारे छलफल गरिएको छ ।
हाेल्डिंग सेण्टरमा विभेद र असमानता हटाउन, समय तथा श्राेतकाे बचत, प्रभावित परिवारको तत्कालीन आवश्यकता र समुदायको आवाजलाई आधार बनाएर आगामी प्रतिकार्यका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको दलित महिला संघ (फेडाे)का महासचिव रेणु सिजापतिले जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्