दुल्लू – प्रतिनिधिसभाको क्षेत्र नं. २ को बिहीबार सम्पन्न मतदानको शुक्रबार दिउँसोदेखि थालिएको मतगणनाको क्रममा झण्डै एक चौथाई मतगणना सकिएको छ । कुल खसेको ३९ हजार ३२१ मध्ये ९ हजार ९४८ मतगणना सकिंदा एमालेका लक्ष्मीप्रसाद पोखरेलले निरन्तर अग्रता लिंदै ३ हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।
पोखरेलको निकटतम् प्रत्यासी नेपाली काँग्रेसका दिक्पालकुमार शाहीले २ हजार ६१२ मत पाउनुभएको छ । तेश्रो स्थानमा रास्वपाका बखतबहादुर शाहीले १ हजार १२०, नेकपाका योगेन्द्रबहादुर शाहीले ८६८, नेमकिपाका बखतबहादुर थापाले ६२२ मत पाउनुभएको निर्वाचन अधिकृत लोकहरी कँडेलले पहरेदारलाई जानकारी दिनुभयो ।
मतपरिणाम अनुसार नेकपा माओवादीका कलम सिंहले २०७, राप्रपाकी बबिता शाहीले ११६, राजमोका बमल बरैमगरले ४४, दुई जना स्वतन्त्र उम्मेदवारहरु लालबहादुर कडायतले १६, हिमबहादुर शाहीले ९ मत र आमजनता पार्टीकी तीर्था बंशीमगरले जम्मा ६ मत पाउनुभएको छ । भोलि अपरान्हतिर अन्तिम नतिजा आउने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्