२०८३ वैशाख १८ , शुक्रबार (2026 May 1, Friday)

नेत्री आङ सान सूकीलाई घरमै नजरबन्द



आङ सान सूकीकाे फाइल फाेटाे

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई त्यहाँको सैनिक सरकारले अब घरमा नजरबन्दमा सारेको छ । शैन्य व्यारेकमा थुनामा राखिएकी ८० वर्षीय नेत्रीलाई घरमा नजरबन्दमा सारिएको र उहाँको ३३ वर्ष कैदलाई घटाएर १८ वर्षमा झारेको छ ।

सैन्य प्रमुख मिन आङ लाइङले आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिएको बताउनुभयो । त्यहाँको सरकारी सञ्चारमाध्यमले नोबेल शान्ति पुरस्कार विजेता सूकीलाई दुई जना सैनिकका सामुन्ने बसिरहेको एउटा तस्बिर पनि प्रसारण गरेका छन् ।

सन् २०२१ मा सूकीको सरकारलाई सैन्य कूबाट अपदस्थ गरिएको थियो । उहाँका छोरा किम एरिसले शङ्का व्यक्त गरी आफ्नी आमा जीवित रहेको आफूलाई शंका रहेका टिप्पणी गर्नुभएको छ । सन् १९९१ मा सुकीले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार