दैलेख – जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ६ सय ६२ सवारी चालकलाई कारबाही गरी २७ लाख ५ सय रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक जयसिंह गुरुले मापसे, ओभरलोड, हेल्मेट तथा सिटबेल्ट प्रयोग नगर्ने, लाइसेन्स र आवश्यक कागजात नबोक्ने तथा प्राविधिक अवस्था कमजोर रहेका सवारी साधन ट्राफिक नियम पालनामा कडाइ गरिएको जानकारी दिनुभयो ।
उक्त अवधिमा जिल्लामा ८३ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु, २ सय ८ जना घाइते भएका छन् भने दुर्घटना न्यूनीकरणका लागि ७ सय ३१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५६ हजार ९ सय ३८ जनालाई ट्राफिक सचेतना प्रदान गरिएको छ ।
प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्