२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

गजल



तिम्रा यादहरुले मन अनगिन्ती बनाएको छ
अरे सम्झिने अनि बिर्सिने बानी बनाएको छ

हामी काम पनि स्थायी खोज्छौ किन होला
जन्मिने बेला भाविले अस्थायी बनाएको छ

थाहा छैन कहिले आउछ कहाँ बाट आउछ
दु:ख पछिको आसाले जिन्दगानी बनाएको छ।

सृष्टि पनि अचम्म रचिँदो रहेको हेर्नुस् त
गगनलाई बा अनि धर्ती जननी बनाएको छ।।

प्रकाशित मिति : २०८१ चैत १ गते शुक्रबार