२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

नसर्ने रोग बारे सचेतना र बजार अनुगमन



दैलेख – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले नसर्ने रोगहरुबाट जोगिनलाई खाने बानीमा सुधार सम्वन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । अरुलाई नसर्ने तर रोगीलाई शरीरमा पार्ने दिर्घकालिन असर रोकथामका लागि खानपिनमा ध्यान दिनुपर्ने विषयमा सचेतना कार्यक्रम केन्द्रित थियो ।

शिक्षक, विद्यार्थी, व्यापारी, होटल व्यवसायी, स्वास्थ्यकर्मी, अधिकारकर्मी र उपभोक्ता अधिकारकर्मीहरु समेतको सहभागिता रहेको कार्यक्रममा स्वस्थकर खानपिन, बजारमा पाइने उपभोग्य बस्तुहरुको नाप, तौल र गुणस्तर सजगताबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले उपभोग्य बस्तुहरुको नाप, तौल र गुणस्तर बारे उपभोक्ता स्वयम् सचेत हुनुपर्ने बताउनुभयो । सचेतना कार्यक्रमपछि दखाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले दैलेख सदरमुकामका खाद्यन्न पसलहरुको अनुगमन गरेको थियो ।

प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार