दैलेख – लामो समयपछि शुक्रबार राति परेकाे हल्का पानी परेकाेले हिउँदे बाली र तरकारी खेतीलाई राहत पुगेको छ । याे वर्ष गहुँ छरेदेखि नै पानी नपरेर खडेरीको मार खेपिरहेका किसानहरू उत्साहित भएका छन् ।
आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने वाध्यता रहेका स्थानीयका लागि यो वर्षा निकै प्रतिक्षित थियो । गहुँ खेती र हिउँदे बाली सुक्न लागेको अवस्थामा परेको यो पानीले बाली सप्रिने र उत्पादन बढ्ने आशा जगाएको छ ।
वर्षाले कृषिक्षेत्रमा मात्र नभई जनजीवनमा पनि सहजता ल्याएको छ । लामो समयको सुक्खाले धुलाम्मे ग्रामीण सडकहरूमा यस पटककाे पानीले धुलाे मारेकाे कारण पैदल यात्री र सवारी चालकहरूले समेत सहजता भएकाे छन् ।
धुलो मत्थर भएकाेले वातावरणीय स्वच्छ भएकाे छ । याे पटककाे पानीले बोटबिरुवा र वनजङ्गल पनि वर्षापछि हरियाली र सफा देखिएका, आगलागीको जोखिम घटेकाे, वनस्पति र वन्यजन्तुलाई समेत राहत महसुस गराएको छ ।









प्रतिक्रिया दिनुहोस्