२०८३ कात्तिक १३ , बिहीबार (2026 Oct 29, Thursday)

कृषि बजार केन्द्र र कोल्ड सेण्टर उद्घाटन



दैलेख – कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनोदकुमार शाहले दैलेख सदरमुकाममा दुई फरक फरक ठाउँमा एकीकृत कृषि बजार केन्द्र र कोल्ड सेण्टरको विधिवत रुपमा उद्घाटन गर्नुभएको छ । उहाँले उत्कृष्ट कृषकहरुलाई पुरस्कारलाई पुरस्कृत समेत गर्नुभयो ।

छात्रबास नजिक चल्ली डाँडामा एक करोड भन्दा बढी निर्माण गरिएको कृषकहरुका उत्पादनहरु तरकारी, अन्न, फलफूल संकलन गरी बिक्री गर्न सजिलोको लागि बनाइएको आधुनिक एकीकृत कृषि बजार केन्द्र र गणेशचोक नजिक रहेका कोल्ड सेण्टर आजै उहाँले उघाटन गर्नुभयो ।

मन्त्री शाहले उद्योग बाणिज्य संघले स्थानीय कृषि उत्पादनलाई बढावा दिन र मिडियाहरुले दैलेखमा कृषकहरुले कृषि कर्मबाट गरेको प्रगतिको प्रचार गरी दिन आग्रह गर्नुभयो । व्यवसायिक कृषि कर्म गरिरहेका कृषकहरुलाई प्रदेश सरकारले धेरै सुविधाहरु दिएको चर्चा गर्नुभयो ।

नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका कामु सचिव पर्शुराम रावत, कृषि क्षेत्र विकास कार्यक्रमका निर्देशक बासुदेव काफ्ले, दैलेख उद्याेग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले पनि बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार