२०८३ भदौ १० , बुधबार (2026 Aug 26, Wednesday)

रसुवा बाढीपछि ३८४ पर्यटक सम्पर्क विहीन



काठमाण्डौं – बुधबार विहान रसुवामा आएको बाढीपछि ३८४ जना पर्यटक सम्पर्क विहीन भएका छन् । नेपाल पर्यटन बोर्डका प्रारम्भिक विवरण अनुसार २९१ विदेशी र ९३ जना नेपाली पर्यटक सम्पर्कमा आउन सकेका छैनन् ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार विभिन्न ट्राभल एजेन्सीमार्फत पर्यटकको विवरण संकलन गरिएको हो । सम्पर्कविहीन पर्यटकको खोजी तथा अवस्था पहिचान गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

रसुवाका विभिन्न पर्यटकीय क्षेत्रमा बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भएपछि पर्यटकसँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको जनाइएको छ । बोर्डले पर्यटकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार