२०८३ भदौ ४ , बिहीबार (2026 Aug 20, Thursday)

इभी र बोलेरो ठोक्किँदा दुइटैमा क्षति



दैलेख – सुर्खेत-दैलेख सडक खण्ड अन्तर्गत गुराँस गाउँपालिका–४ डवलगैरामा बुधबार दिउँसो यात्रु वाहक इभी गाडी र व्यापारिक सामान बाेकेकाे बोलेरो आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा कर्णाली प्रदेश ०२–००१ ज ०७३५ इभी र बोलेरोको नम्बर भे १ च ३९६६ बाेलेराेमा क्षति पुगेको छ ।

दुर्घटनापछि इभी गाडीको पछाडिको भाग तथा बोलेरोको अगाडिको भागमा क्षति भएको  दुर्घटनामा यात्रुहरू भने सकुशल रहेको जनाइएको छ । सडकका खाल्डाखुल्डी र चालककाे लापरवाहीले दुर्घटना हुने गरेका छन् । घटना बारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय दैलेखले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार