२०८३ साउन ९ , शनिबार (2026 Jul 26, Sunday)

दैलेखमै लोकसेवा आयोग तयारी कक्षा



दैलेख – दैलेख सदरमुकामस्थित नारायण नगरपालिका–१ मा पहिलो पटक लोकसेवा आयोग र शिक्षक सेवा आयोगका प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा सञ्चालनमा आएको छ । स्थानीयस्तरमै गुणस्तरीय तयारी कक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्मार्ट इन्स्टिट्युटले सेवा सुरु गरेको हो ।

स्थानीयस्तरमै कम खर्चमा दक्ष र अनुभवी प्रशिक्षकबाट लोकसेवा, शिक्षक सेवा, शिक्षक लाइसेन्स तथा विभिन्न सरकारी निकायमा हुने पूर्वयोग्यता परीक्षाको गुणस्तरीय तयारीमा सहयाेग पुर्‍याउन कक्षा सञ्चालन गर्न लागिएको  इन्स्टिट्युटका सञ्चालक हिक्मत बुढाले बताउनुभयाे ।

इन्स्टिट्युटले श्रावण ११ गते सोमबार साँझ ५ बजे निःशुल्क कक्षा सञ्चालन गर्ने जनाएको छ । सशुल्क तयारी कक्षामा सहभागी हुनेहरुले सीट सुरक्षित गर्न आग्रह गरिएको छ । इन्स्टिट्युटमा नियमित नमुना परीक्षा, डिजिटल अध्ययन सामग्रीमा केन्द्रित हुने बताइएकाे छ ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार