खोटाङ — आर्थिक अवस्था कमजोर भएका चेलीहरूलाई माइतीसम्म पु¥याउन खोटाङका युवाहरुको एक समूहले तिहार अवधिका लागि निःशुल्क मोटरसाइकल सेवा दिइरहेको छ । अभियानको नेतृत्व गरिरहेका सञ्जयकुमार राईका अनुसार तिहारमा माइती जानका लागि शुक्रबार सुरु गरेको सेवा माइतीबाट फर्कनका लागि कात्तिक १९ गते सोमबारसम्म सेवा दिइने उहाँले बताउनुभयो ।
तिहारमा दश जना युवाले ३५ किलोमिटर दूरीसम्मको सेवा दिइनेछ । राईका अनुसार यसका लागि दश जना युवाले ३५ किलोमिटर दूरीसम्मको सेवा दिइने भनिएकोमा स्वयमसेवा गर्न चाहनेहरूको संख्या बढेर १५ जना पुगेको शुक्रबार ७४ जनालाई सेवा दिइएको र शनिबार के कति माइती जाने दिदीबहिनीलाई सेवा दिइयो भन्ने तथ्यांक आउन बाकी रहेको अभियानका संयोजक राईले जानकारी दिनुभयो ।
दसैंमा पनि यो समूहमा आवद्ध पाँच जना युवाले ७० जनालाई निःशुल्क रूपमा सेवा दिनुभएको थियो । ‘दसैंमा दिइएको सेवा प्रभावकारी भएकोले तिहारमा पनि निरन्तरता दिएका हौं’ महिला उद्यमी संघ नेपाल खोटाङका जिल्ला अध्यक्ष बिमला राईले बताउनुभयो । यसले राम्रो सहयोग पुगेको बिमलाले सुनाउनुभयो ।
यात्रुहरु बारे सूचना संकलन, पायक पर्ने सेवा प्रदायक मोटरसाइल चालकको नाम र नम्बर सहजै उपलब्ध गराउने विधि, परिवारजनलाई यात्रु चढाएको र गन्तव्यसम्म पुर्याइदिएको सुनिश्चिता गर्ने, यात्रुसंग गरिने व्यवहार, सुरक्षा, मर्यादाको विषयमा अभियन्ताहरुले राम्रो ख्याल पुर्याएको अनुगमनको क्रममा पाएको इन्सेक खोटाङ जिल्ला प्रतिनिधि तारानाथ फुयालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्