२०८३ भदौ २६ , शुक्रबार (2026 Sep 11, Friday)

दैलेखकाे रिठामा दुर्घटना



दैलेख – सुर्खेत-दैलेख सडकको रिठामा माेटरसाइकल र इभी गाडी ठाेक्किएका छन् । दुर्घटनामा माेटरसाइकल चालक दुल्लू नपा-१३ मालिकाका ३३ वर्षीय रेशम शाही सामान्य घाइते भएका छन् ।

सुर्खेतबाट दैलेख तर्फ जाँदै गरेकाे कर्णाली प्रदेश २ -००१ ज ९२२ र दुल्लूबाट सुर्खेतका लागि यात्रारत कर्णाली प्रदेश २-००२ प ८१३४ नम्बरको माेटरसाइकल रिठा भन्ने ठाउमा ठाेक्किएका हुन् ।

तीब्र गतिका कारण माेटरसाइकलले नियन्त्रण गुमाएर इभी गाडीसंग ठाेक्किएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक जयसिंह गुरुले बताउनुभयो ।

दुर्घटनामा माेटरसाइकल चालक रेशम शाहकाे देब्रे खुट्टाकाे तीघ्रा र छातिमा सामान्य चोट लागेको छ । इभी र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक र उनको पछिल्लितको साथी समेत दायाँतिर खसेको कारण कम चोट लागेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार